Pura Samachar

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले एमाले वरिष्ठ नेता माधव कुमार नेपालसँग भेटवार्ता

प्रकाशित: July 15, 2021

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले एमाले वरिष्ठ नेता माधव कुमार नेपालसँग भेटवार्ता

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले एमाले वरिष्ठ नेता माधव कुमार नेपालसँग भेटवार्ता गरेका छन् । बिहीबार नेता नेपाललाई भेट्न विप्लव कोटेश्वरस्थित निवास पुगेका हुन् । विप्लव सँगै नेता धर्मेन्द्र बाँस्तोला पनि नेपाल निवास पुगेका थिए ।

सो क्रममा नेता नेपालसँग विप्लवले पछिल्लो राजनीतिक घटनाक्रमका साथै समसामयिक विषयबस्तुमा केन्दीत रहेर छलफल गरेको नेपाल निकट स्रोतले जनाएको छ ।

यसअघि बुधबार विप्लवले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग खुमलटारमा भेटवार्ता गरेका थिए । तत्कालीन प्रधानमन्त्री केपी ओलीसँग ३ बुँदे सहमति गरेपछि शान्तिप्रक्रियामा आएपनि विप्लवको माग पूरा भएको छैन । नेता कार्यकर्ताको रिहाइलगायतका माग पूरा नभएको सन्दर्भमा उनले प्रचण्डसँग सोही विषयमा छलफल गरेको बुझिएको छ ।

प्रतिक्रिया