Pura Samachar

महान्यायाधिवक्तामा खम्मबहादुर खाती नियुक्त

प्रकाशित: July 15, 2021

महान्यायाधिवक्तामा खम्मबहादुर खाती नियुक्त

काठमाडौं । सरकारको कानूनी सल्लाहाकार महान्यायाधिवक्तामा खम्मबहादुर खाती नियुक्त हुनुभएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट खाती बिहीबार महान्यायाधिवक्तामा नियुक्त हुनुभएको हो ।

राष्ट्रपति कार्यालयले प्रेस विज्ञप्ति जारी गरी नेपालको संविधानको धारा १५७ को उपधारा २ बमोजिम राष्ट्रपति भण्डारीले महान्यायाधिवक्ता नियुक्त गरेको जनाएको छ।

महान्यायाधिवक्ता नियुक्त खाती बाजुराका बासिन्दा हुनुहुन्छ ।  नेपाल बार एशोसियसनका पूर्व महासचिव खाती कांग्रेस सम्बद्ध अधिवक्ता हुनुहुन्छ ।

प्रतिक्रिया