Pura Samachar

बढ्यो कर्मचारीको तलब

प्रकाशित: July 16, 2021

बढ्यो कर्मचारीको तलब

साउन १, २०७८काठमाडौं। नयाँ आर्थिक वर्ष सुरु भएसँगै संघीय सरकारका कर्मचारीको तलब बढेको छ। केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत बजेट ल्याउँदै कर्मचारीको तलब बढाउने घोषणा गरेको थियो। तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जेठ१५ गते बजेट प्रस्तुत गर्दै कर्मचारीको तलब दुईहजारले बढाएको बताएका थिए। उक्त घोषणा आजदेखि लागू भएको छ। चालू आर्थिक वर्ष २०७८/७९को बजेट आजदेखि लागू भएसँगै कर्मचारीको तलब पनि बढेको हो।

प्रतिक्रिया