Pura Samachar

उपत्यकमा सफा टेम्पो र नीलो माइक्रो चल्ने

प्रकाशित: July 16, 2021

उपत्यकमा सफा टेम्पो र नीलो माइक्रो चल्ने

काठमाडौं। काठमाडौं उपत्यकामा आजबाट निषेधाज्ञा थप खुकुलो बनाइएसँगै सफा टेम्पो र नीलो माइक्रो सञ्चालनमा आउने भएका छन्। गत वैशाख १६ गतेबाट सुरु भएको निषेधाज्ञाका कारण असार मसान्तसम्म सफा टेम्पो र नीलो माइक्रो सञ्चालन गर्न दिइएको थिएन। सफा टेम्पो र नीलो माइक्रोमा चालकसहित १० जनाभन्दा बढी यात्रु राख्न नपाइने काठमाडौं जिल्ला प्रशासन कार्यालयद्वारा जारी निषेध आदेशमा उल्लेख छ।

प्रतिक्रिया