Pura Samachar

सर्वोच्चको फैसला लिएर जनतामा जाने एमालेको निर्णय

प्रकाशित: July 16, 2021

सर्वोच्चको फैसला लिएर जनतामा जाने एमालेको निर्णय

कठमाडौं। नेकपा एमालेले स्थायी कमिटी बैठकले सर्वोच्च अदालतको फैसला लिएर जनतामा जाने निर्णय गरेको छ। पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले बैठकले फैसलाका विभिन्न पक्षलाई लिएर पार्टीले जनतामाझ आफ्ना दृष्टिकोण, मान्यता र अवधारणामाथि छलफल चलाउने निर्णय गरेको बताए। उनकाअनुसार राजनीतिक समस्या समाधानको मुख्य जिम्मेवार दल नै भएकाले एकै दलका सांसदहरू सत्तापक्ष–प्रतिपक्ष बन्ने सर्वोच्चको व्याख्याले संविधानको अप्रत्यक्ष संशोधन गरेको बैठकले निष्कर्ष निकालेको छ।

प्रतिक्रिया