
काठमाडौं । नेकपा एमालेले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ । स्थायी कमिटीको बुधबार बसेको बैठकले देउवा सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।
एमाले प्रवक्ता प्रदीप ज्ञवालीले देउवा सरकारलाई विश्वासको मत दिने कुरा आफूहरुले सोच्न पनि नसक्ने बताउनुभयो । उहाँले सर्वोच्च अदालतको परमादेशबाट बनेको सरकारको जनमतमा वैधानिकता नरहेको भन्दै समर्थन नगर्ने निर्णय भएको बताउनुभयो ।
त्यसैगरी आजको बैठकमा एमालेले पार्टी विवाद समाधान गर्नको लागि गठित कार्यदलले दिएको प्रस्ताव अनुमोदन गरेको छ ।
प्रतिक्रिया