Pura Samachar

निवास बालुवाटारमै बस्यो नेपाली काँग्रेस पदाधिकारी बैठक

प्रकाशित: July 16, 2021

निवास बालुवाटारमै बस्यो नेपाली काँग्रेस पदाधिकारी बैठक

काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली काँग्रेस पदाधिकारी बैठक सुरु भएको छ। प्रधानमन्त्री नियुक्त भएपछि पहिलोपटक काँग्रेसको बैठक बसेको हो।

प्रधानमन्त्री देउवा आज मात्रै सरकारी निवास सरेका थिए। आजको बैठकमा पदाधिकारीसँगै पूर्व पदाधिकारीहरुलाई समेत निम्तो दिइएको छ।

 

यसअघि पूर्व प्रधानममन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पनि पार्टीका अधिकांश बैठक बालुवाटारको सरकारी निवासमा राख्दै आएका थिए। ओलीले पार्टीको बैठक प्रधानमन्त्री निवासमा नै गरेको भन्दै आलोचना भएको थियो। देउवाले पनि प्रधानमन्त्री भए लगतै ओलीकै शैलीमा पार्टीको बैठक बालुवाटारमा बोलाएका हुन्।

काँग्रेसका तर्फबाट कसलाई मन्त्री बनाउने भन्नेबारेमा निर्णय गर्न देउवाले बैठक बोलाएको कांग्रेसका नेताहरुले बताएका छन्। देउवाले आफ्नो पक्षका बालकृष्ण खाँण र ज्ञानेन्द्र कार्कीलाई गृह तथा कानुन मन्त्रालयको जिम्मेवारी दिएका थिए। कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडल पक्षका कुन नेतालाई मन्त्री बनाउने भन्नेबारमा टुंगो लागिसकेको छैन्। देउवा नेतृत्वको सरकार हाल ५ सदस्यीय छ। माओवादी केन्द्रका तर्फबाट जनार्दन शर्मा अर्थ र पम्फा भुसाल उर्जा मन्त्री छन्।

कांग्रेसमा क्रियाशिल सदस्यबारे टुंगो लगाएको छैन्। टुंगो लगाउने समय असार ३० गते सम्म भए पनि हाल सम्म टुंगो नलागेकाले उक्त विषयमा पनि नेताहरुले छलफल गरिरहेका छन्। नेपाली कांग्रेसको महाधिवेशनका लागि साउन १२ गते वडा स्तरको अधिवेशन तोकिएको छ।

प्रतिक्रिया