Pura Samachar

उकालो लाग्‍दै संक्रमण दर

प्रकाशित: July 17, 2021

उकालो लाग्‍दै संक्रमण दर

पालमा पछिल्लो २४ घण्टामा १ हजार ७ सय ७५ ले कोरोना भाइरसलाई जित्न सफल भएका छन् ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ७ सय ७५ संक्रमणमुक्त भएका हुन् । यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख २८ हजार २ सय ४३ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा २ हजार ९ सय ३६ मा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएका ९ हजार ६ सय १३ पीसीआर परीक्षणबाट २ हजार ६ र ४ हजार ५ सय ६९ एन्टिजेन परीक्षणबाट ९ सय ३० मा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टमा ४३ संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा ९ हजार ५ सय ६ ले संक्रमणका कारण ज्यान गुमाईसकेका छन् ।

पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएको पाइएको छ। आइतबार १८ सय ३१, सोमबार २३ सय ७०, मंगलबार २३ सय ९८, बुधबार २९ सय ५ र बिहीबार २६ सय ७६ जनामा संक्रमण पुष्टि भएको थियो।


प्रतिक्रिया