Pura Samachar

चीनले नेपाललाई १६ लाख डोज खोप अनुदान दिने

प्रकाशित: July 17, 2021

चीनले नेपाललाई १६ लाख डोज खोप अनुदान दिने

चीनले नेपाललाई १६ लाख डोज खोप अनुदान दिने भएको छ। शुक्रबार नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा खोप उपलब्ध गराउने जानकारी दिएकी हुन्


परराष्ट्र मन्त्रालयले विज्ञप्ति सार्वजनिक गर्दै राजदूत यान्छीले प्रधानमन्त्री देउवासँगको भेटमा खोप उपलब्ध गराउने जानकारी दिएको उल्लेख गरेको छ। चिनियाँ सहयोगका लागि प्रधानमन्त्री देउवाले राजदूत यान्छीमार्फत् चीन सरकारलाई धन्यवाद दिएका छन्।

चीन सरकारले यसअघि अनुदानमार्फत १८ लाख कोरोना भाइरस ९कोभिड–१९० विरुद्धको खोप दिइसकेका छ। सरकारले चीनसँग थप ४० लाख डोज खोप खरिदका लागि सम्झौता गरेको छ। सम्झौता अनुसार आठ लाख डोज खोप चीनबाट आइसकेको छ।

देउवा नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठकले चैतसम्ममा सबै नेपालीलाई खोप लगाउने निर्णय गरेको छ।

प्रतिक्रिया