Pura Samachar

भोलीबाट मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य सूचारू गर्ने

प्रकाशित: July 17, 2021

भोलीबाट मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य सूचारू गर्ने

साउन २, २०७८काठमाडौं। निर्वाचन आयोगले आइतबारबाट मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य सूचारू गर्ने भएको छ। सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरेसँगै निर्वाचन नहुने भएपछि आयोगले मतदाता नामावली संकलन र अद्यावधिक कार्य सुचारु गर्ने निर्णय गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए। यसअघि जेठ८गते राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी कात्तिक२६ र मंसिर३गते निर्वाचन घोषणा गरेपछि आयोगले मतदाता नामावली संकलन कार्य जेठ९ गतेबाट स्थगित गरेको थियो।

प्रतिक्रिया