Pura Samachar

चीनले कुल ७४ लाख डोज कोरोना खोप नेपाललाई

प्रकाशित: July 17, 2021

चीनले कुल ७४ लाख डोज कोरोना खोप नेपाललाई

साउन २, २०७८काठमाडौं। चीनबाट नेपालले अबको केही साताभित्र ७४ लाख डोज कोरोना खोप प्राप्त गरिसक्ने भएको छ। चीनले नेपाललाई हालसम्म३४लाख डोज खोप अनुदान सहयोग र ४०लाख खोप खरिद प्रक्रियाबाट उपलब्ध गराउँदैछ। अनुदानमार्फत१८लाख डोज खोप नेपाल आइसकेको छ भने खरिद प्रक्रियाबाट दशलाख डोजभन्दा बढी खोप ल्याइसकिएको छ। अनुदान र खरिद दुवै प्रक्रियाबाट विश्व राष्ट्रहरुमध्ये चीनले नेपाललाई सबैभन्दा बढी खोप उपलब्ध गराउने जनाइएको छ।

प्रतिक्रिया