Pura Samachar

केन्द्रीय सदस्य घिमिरेमाथि आक्रमण

प्रकाशित: July 17, 2021

केन्द्रीय सदस्य घिमिरेमाथि आक्रमण

काठमाडौं : नेपाली कांग्रेसले आफ्नै कार्यकर्ताबाट केन्द्रीय सदस्य श्याम घिमिरेमाथिको आक्रमण निन्दनीय भएको जनाएको छ। पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ती जारी गर्दै घिमिरेमाथिको आक्रमण निन्दनीय भएको जनाएको हो।

‘नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कृयाशिल सदस्यता छानबिन समितिका सदस्य श्री श्यामकुमार घिमिरेमाथि भएको आक्रमण अत्यन्तै निन्दनीय छ,’ कांग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कृयाशिल सदस्यताको छानबिन स्थलमा पुगेर सांगठनिक कार्यमा व्यस्त रहेको समयमा एकाएक गरिएको आक्रमण पार्टीको अनुशासित सदस्यको परिचय हुन सक्दैन।’

कांग्रेस क्रियाशील छानबिन समितिका सदस्यसमेत रहेका घिमिरेलाई सिन्धुपाल्चोकका कांग्रेस नेता एवं केन्द्रीय सदस्य मोहन बस्नेत समर्थकबाट शुक्रवार पशुपतिको धर्मशालामा हातपात गरेका थिए। समायोजन विवादमा सिन्धुपाल्चोका कांग्रेस नेता हरिशरण श्रेष्ठको टोलीमा रहेका क्षेत्र १ का सभापति बालकृष्ण बस्नेतले आफूमाथि हातपात गरेको घिमिरेको आरोप छ।

कांग्रेस क्रियाशील विवाद : मोहन बस्नेतको समूहद्वारा छानबिन समितीका सदस्य श्याम घिमिरेमाथि हातपात

महाधिवेशन तयारीमा शुक्रबार बसेको पार्टी पदाधिकारी र पूर्व पदाधिकारी बैठकले घटनालाई गम्भीरतापूर्वक लिएको शर्माले बताए। सदस्यता सम्बन्धि कुनै निर्णय उपर निर्दिष्ट गरिएको उजुरीको निश्चित विधि र सुनुवाइको प्रक्रिया बाहिर गएर प्रकट हुने अराजक, अनुशासनहिन र दण्डनीय गतिविधि अस्वीकार्य हुने कांग्रेसले जनाएको छ।

प्रतिक्रिया