Pura Samachar

प्रदेश २ सरकारका एक मन्त्री र एक राज्य मन्त्रीले पदबाट दिए राजीनामा

प्रकाशित: July 17, 2021

प्रदेश २ सरकारका एक मन्त्री र एक राज्य मन्त्रीले पदबाट दिए राजीनामा

नकपुरधाम : प्रदेश २ सरकारका एक मन्त्री र एक राज्य मन्त्रीले पदबाट दिए राजीनामा दिएका छन्।

प्रदेश २ सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्रकुमार यादव र आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री सरोज सिंह कुशवाहले मन्त्री पदबाट राजीनामा दिएका हुन्।

नेकपा माओवादी केन्द्रलाई सरकारमा सम्मलित गरेर मन्त्रीपरिषद् विस्तारको तयारी गरिरहेको अवस्थामा मार्ग प्रशस्त गर्न आफूले राजीनामा दिएको मन्त्री यादवले बताए।

उनले अहिलेको अवस्थामा सर्वपक्षीय सर्वदलीय सरकार निर्माण वर्तमान आवश्यकता रहेकोले आफुले राजीनामा दिएको जानकारी दिए।

यता, माओवादी केन्द्रलाई आज‌‌ै दिउँसो ३ बजे सरकारमा सहभागी गराई मन्त्रीहरुले सपथ लिने तयारी गरेको छ।

माओवादी केन्द्रका संसदीय दलका नेता भरतप्रसाद साह मन्त्री र रुवी कर्ण राज्यमन्त्री बन्ने बताइएको छ।

प्रतिक्रिया