Pura Samachar

ओलीले बोलाए एमाले केन्द्रीय कमिटी बैठक

प्रकाशित: July 17, 2021

ओलीले बोलाए एमाले केन्द्रीय कमिटी बैठक

काठमाडौं। नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक सोमवार बस्ने भएको छ। केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्न आइतबार बिहान ११ बजे स्थायी कमिटी बैठक बोलाइएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। बैठकमा विशेषतः विकसित राजनीतिक घटनाक्रम र विधान अधिवेशनका बारेमा छलफल हुने तामाङले बताए। बैठकले दश बुँदे सहमतिलाई अनुमोदन साथै सरकारलाई विश्वासको मत नदिन सबै सांसदलाई निर्देशन दिने सम्भावना रहेको छ।

प्रतिक्रिया