Pura Samachar

कांग्रेसले बोलायो संसदीय दलको बैठक

प्रकाशित: July 17, 2021

कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं। सत्तारूढ नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। आइतबार दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बैठक बोलाइएको सचेतक पुष्पा भुसालले जानकारी दिइन्। संसद पुनस्र्थाथापनासँगै सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि पहिलोपटक बस्न लागेको बैठकमा आगामी संसद बैठकमा पार्टीले खेल्ने भूमिकाका विषयमा छलफल हुने भुसालले देखापढीलाई बताइन्। बैठकमा विश्वासको मत, सरकारको प्रभावकारिता र मन्त्री छनोटलगायतमा पनि छलफल हुनेछ।

प्रतिक्रिया