
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भइरहेको छ । नेपाल निवास कोटेश्वरमा दिउँसो साढे १ बजेदेखि उहाँहरुबीच छलफल जारी छ ।
उहाँहरुबीच कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार र सत्तारुढ गठबन्धनका आगामी चुनौतीका विषयमा छलफल भइरहेको बताइएको छ ।
स्रोतका अनुसार छलफलमा पछिल्लो राजनीतिक अवस्था र भोलि बस्ने प्रतिनिधिसभा बैठकलगायतका विषयमा पनि कुराकानी भइरहेको छ ।
प्रतिक्रिया