
काठमाडौं । कोभिड संकट व्यवस्थापन केन्द्र निर्देशक समिति (सीसीएमसी) ले लामो दूरीमा चल्ने सार्वजनिक यातायात खुलाउन मन्त्रीपरिषदमा सिफारिस गरेको छ । आवश्यक सर्तसहित लामो दूरीका यातायात खुलाउन शुक्रबार सीसीएमसीले मन्त्रीपरिषदमा सिफारिस गरेको हो ।
आवश्यक परेमा पुन बन्द गर्न सकिने गरी तत्काललाई भने यातायात खुलाउन माग गरिएको बताइएको छ । लामो दूरीको यातायात खुलाउँदा अन्तर–जिल्ला सहजीकरण गर्नुपर्ने भएकाले मन्त्रिपरिषद्ले नै अनुमति दिनुपर्ने सीसीएमसीको भनाइ छ ।
अब बस्ने मन्त्रिपरिषद बैठकमा यस विषयमा छलफल भइ निर्णय हुने बताइएको छ ।
प्रतिक्रिया