Pura Samachar

संघीय संसद सचिवालयमा कार्यरत ३ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि

प्रकाशित: July 17, 2021

संघीय संसद सचिवालयमा कार्यरत ३ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि

काठमाडौँ– संघीय संसद सचिवालयमा कार्यरत ३ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

संघीय संसदको अधिवेशनलाई लक्षित गर्दै संसद सचिवालयले ८ सय १ जनाको एन्टीजेन परीक्षण गराएकोमा ३ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।

उनका अनुसार सभामुखसहित ७ सय ९८ जनाको रिपोर्ट नेगेटिभ आएको छ । कोरोना संक्रमण देखिएका तीनजना कर्मचारीलाई पीसीआर परीक्षणका लागि पठाइएको छ ।

प्रतिक्रिया