Pura Samachar

देउवाद्वारा खम्मबहादुर खातीको राजीनामा स्वीकृत

प्रकाशित: July 18, 2021

देउवाद्वारा खम्मबहादुर खातीको राजीनामा स्वीकृत

काठमाडौं। कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी केन्द्रीय निर्वाचन समितिका सदस्य खम्मबहादुर खातीले पदबाट दिएको राजीनामा स्वीकृत गरेका छन्। महान्यायाधिवक्तामा नियुक्त भएसँगै उनले पदबाट राजीनामा दिएका थिए। कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शनिवार प्रेस विज्ञप्ति जारी गर्दै देउवाले खातीको राजीनामा स्वीकृत गरेको जानकारी दिए। प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार खातीलाई महान्यायाधिवक्तामा नियुक्त गरेकी थिइन्।

प्रतिक्रिया