
काठमाडौं । नेकपा एमालेको खनाल–नेपाल पक्षले आज पनि स्थायी कमिटी बैठक बहिस्कार गरेका छन् ।
च्यासलस्थित तुलसीलाल स्मृति भवनमा विहान ११ः ४५ बजेबाट शुरु भएको बैठकमा खनाल–नेपाल पक्षका नेताहरु अनुपस्थित भएका हुन् ।
एकपक्षीय रुपमा बोलाइएको बैठक रोक्न खनाल–नेपाल पक्षका नेताहरुले आग्रह गर्दै आएका थिए । आफूहरुको आग्रह विपरित बैठक बोलाएपछि खनाल–नेपाल पक्षले बेठक बहिस्कार गरेका हुन् । आजको बैठकमा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी हुनुभएको छैन । सहमतिबिना बोलाइएको कुनै पनि बैठकमा सहभागी नहुने खनाल–नेपाल पक्षको अडान छ ।
एमाले कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार आजको स्थायी कमिटी बैठकले भोलि बस्ने केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्ने छ ।
प्रतिक्रिया