Pura Samachar

तीन महिनाको मेहनत खेर गयो

प्रकाशित: July 18, 2021

तीन महिनाको मेहनत खेर गयो

काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एकता कार्यदलको प्रतिवेदनमा असहमति जनाएका छन्। कार्यदल सदस्यसमेत रहेका एमाले नेता शंकर पोखरेलले प्रतिवेदनमा नेपालले अहसमति जनाएको पुष्टि गरेका हुन्। नेपाललाई भेटेर फर्किएलगत्तै कार्यदल सदस्यसमेत रहेका एमाले नेता पोखरेलले फेसबुकमा लेखेका छन्, ‘माधव नेपालले कार्यदलको प्रतिवेदनमा असहमति जनाएसँगै तीन महिनाको मेहनत खेर गयो।’ आज कार्यदलका दुवै पक्षका नेताले नेपाललाई भेटेका थिए।

प्रतिक्रिया