Pura Samachar

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज

प्रकाशित: July 18, 2021

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज

 काठमाडौं। संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त अध्यादेश खारेज गरेकी हुन्। मन्त्रिपरिषद्को आइतबारको बैठकले गरेको सिफारिस एवम् नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ खारेज गरिएको राष्ट्रपतिको कार्यालयले विज्ञप्ति जारी गरेको हो ।

प्रतिक्रिया