
साउन, बलेवा । मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनी खोलामा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा चारजना घाइते भएका छन् ।
ठिनीबाट सामान लिएर ढुम्बातर्फ जाँदै गरेको ग १ ख ६८५२ नम्बरको ट्रक ठिनी खोलाको काठेपुल भत्किँदा आइतबार बिहान दुर्घटना भएको हो । दुर्घटनामा परी रामेछापको गोकुलगंगा गाउँपालिका–१ का ३८ वर्षीय चित्रबहादुर श्रेष्ठ र उनकी श्रीमती २६ वर्षीया मोनिका श्रेष्ठको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मुस्ताङका प्रहरी सहायक निरीक्षक जितबहादुर केसीले जानकारी दिए ।
प्रतिक्रिया