Pura Samachar

भारतले सहयोग स्वरूप नेपाललाई दियो १५० वटा आइसीयू बेड

प्रकाशित: July 18, 2021

भारतले सहयोग स्वरूप नेपाललाई दियो १५० वटा आइसीयू बेड

काठमाडौं। भारतले कोरोना भाइरस विरुद्धको लडाइँमा नेपाललाई आज १ सय ५० वटा आइसीयू बेड सहयोग गरेको छ। नेपालको लागि भारतीय राजदूत विनय मोहन क्वात्राले एक समारोहबीच ती सामाग्री कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई हस्तान्तरण गरेका हुन्। कोरोना विरुद्धको लडाइँमा यसअघि भारतले नेपाललाई हालसम्म अनुदान सहयोगमा ११ लाख कोरोना खोप दिइसकेको छ।

प्रतिक्रिया