
काठमाडौ । संसद पुनस्थापनासँगै गठबन्धनका तर्फबाट शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतले दिएको आदेशपछि पदमुक्त हुनुभएका निवर्तमान प्रधानमन्त्री केपी शर्मा आली पार्टीभित्र समेत थप कमजोर बन्न थाल्नुभएको छ ।
पार्टी अध्यक्ष ओलीको एकलौटी निर्णयलाई चुनौती दिँदै एमालेका २२ जना सांसदले आइतवार देउवालाई विश्वासको मत दिएका छन्। योसँगै उहाँ निकटहरुले समेत धमाधम उहाँको साथ छोड्दै गएको प्रष्ट भएको छ ।
आइतबार राति प्रतिनिधिसभामा भएको मतदानमा वरिष्ठ नेता नेपालसहित २२ सांसदले देउवालाई मत दिएका छन् । ओली पक्षमा खुल्दै आएका आठ जनाले आइतबार देउवालाई मत दिए। तर नेपाल पक्षकै १० जना सांसद भने अनुपस्थित भएका थिए ।
संसद भवन पुगरेर पनि मतदान गर्ने बेलामा उनीहरु योजनाबद्ध रुपमा बाहिरिएका हुन्। नेपाल पक्षकै सांसद भीम रावलले अन्तिम समयमा राजीनामा दिनुभयो । वरिष्ठ नेता झलनाथ खनाल उपचारका लागि दिल्लीमा रहनुभएको छ । तर उहाँले दिल्लीबाटै देउवाको पक्षमा मतदान गर्न आह्वान गर्नुभएको थियो । योसँगै १२१ सदस्यीय एमाले संसदीय दलमा नेपालको पक्षमा ३४ जना देखिएका छन्।
यी हुन् ओलीलाई चुनौती दिदै देउवालाई भोट हाल्ने २२ सांसद
माधवकुमार नेपाल
मुकुन्द न्यौपाने
विरोध खतिवडा
भवानी खापुङ
जीवनराम श्रेष्ठ
कल्याणी खड्का
मेटमणि चौधरी
पार्वती विशुंखे
हिरा केसी
कृष्णकुमार श्रेष्ठ किसान
गोपाल बम
प्रेमबहादुर आले
लक्ष्मी चौधरी
निरादेवी जैरू
कलिला खातुन
सविना हुसेन
कृष्णलाल महर्जन
रामकुमारी झाँक्री
धनबहादुर बुढा
विना बुढाथोकी
सरला यादव
पुष्पाकुमारी कर्ण
मतदान नगरी बाहिरिएका नेपाल पाक्षका १० सांसदहरु
सुरेन्द्र पाण्डे
घनश्याम भुसाल
गोकर्ण बिष्ट
योगेश भट्टराई
झपट रावल
यज्ञराज सुनुवार
सोमप्रसाद पाण्डे
दीपकप्रकाश भट्ट
नारायण खतिवडा
राजबहादुर बुढा
प्रतिक्रिया