Pura Samachar

जोन्सन एण्ड जोन्सनको खोप लगाउन सुरू

प्रकाशित: July 19, 2021

जोन्सन एण्ड जोन्सनको खोप लगाउन सुरू

काठमाडौं।सरकारले आजदेखि काठमाडौं उपत्यकासहित देशभर जोन्सन एण्ड जोन्सनको खोप लगाउन सुरू गर्ने भएको छ।दुर्गममा बाहेक धेरै जिल्लामा आजदेखि खोप अभियान सुरु हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले बताए।खोप अभियानको पहिलो तथा दोस्रो दिन ५३ देखि ५४ वर्ष उमेर समूह, अपांगताको क र ख वर्ग र शरणार्थी,सफाइकर्मी तथा स्वास्थ्यकर्मी रहनेछन्।अमेरिकाले कोभ्याक्स अन्तर्गत नेपाललाई १५ लाख डोज खोप दिएको हो।

प्रतिक्रिया