Pura Samachar

आइतबार थपिए कोरोनाका चार सय ६३ संक्रमित

प्रकाशित: June 28, 2020

आइतबार थपिए कोरोनाका चार सय ६३ संक्रमित

कोरोनाभाइरसका चार सय ६३ जना नयाँ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले आइतबार उक्त संख्यामा संक्रमित थपिएको जानकारी दिए। विगत २४ घण्टामा २० वटा प्रयोगशालामा चार हजार नौ सय ६२ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको प्रवक्ता गौतमले जानकारी दिए।

शनिबारसम्म १२ हजार तीन सय ९ जनामा संक्रमण देखिएको थियो। यो संख्या बढेर आइतबार १२ हजार सात सय ७२ पुगेको हो। अहिलेसम्म तीन हजार १३ जना कोरोना निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

कोरोना देशका ७७ जिल्लामै देखिएको छ। यसबाट अहिलेसम्म २८ जनाको मृत्यु भइसकेको छ।

प्रतिक्रिया