Pura Samachar

सेवातर्फको सचिवमा डा.रोशन पोखरेल नियुक्त

प्रकाशित: July 19, 2021

सेवातर्फको सचिवमा डा.रोशन पोखरेल नियुक्त

काठमाडौं । सेवातर्फको सचिवमा डा.रोशन पोखरेल नियुक्त हुनुभएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले डा.पोखरेललाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।

सामान्य प्रशासन मन्त्रालयमा आज बिहान नै बसेको बढुवा समितिको बैठकले स्वास्थ्य मन्त्रालयका तीन जना प्रमुख विशेषज्ञको नाम सिफारिस गरेको थियो । डा.रोशन पोखरेल, डा.दीपेन्द्ररमण सिंह र महेन्द्रप्रसाद श्रेष्ठको नाम सिफारिस भएको थियो ।

सोही सिफारिसका आधारमा सरकारले डा.पोखरेललाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो

प्रतिक्रिया