Pura Samachar

दूतावासको चलखेलले जनताको प्रधानमन्त्री हट्दैन –ओली

प्रकाशित: June 28, 2020

दूतावासको चलखेलले जनताको प्रधानमन्त्री हट्दैन –ओली

जनताको मत जितेको प्रधानमन्त्रीलाई कसैलाई असहज हुदैमा हट्न सक्दैन र दुतावासको चलखेल बन्द गरे हुन्छ, प्रधानमन्त्री केपी शर्मा ओलीले यस्तो बताए। ६९ औ मदनजयन्तीको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले राष्ट्रियताको पक्षमा कदम चाल्दा भारतीले आफूलाई हटाउन षड्यन्त्र गरेको आरोप लगाएका छन्।

कार्यक्रममा बोल्दै ओलीले राष्ट्रियता भन्दा दुतावास बलियो हुदैन त्यसैले हटाउँछु भनेर नसोच्न सुझाव दिए। ‘नेपालको राष्ट्रियता त्यति कमजोर छैन, राष्ट्रियताको पक्षमा कदम चाल्न अझै पनि पछि नहट्ने उनले बताए। आफू तत्काल हट्दा जनताका अगाडी गलत नजिर स्थापित हुने भन्दै केही बर्ष देशको पक्षमा उभिएर काम गर्ने अाेलीले उनले बताए।

भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूमी समेटेर नक्सा जारी भएपछि भारत रुष्ट छ। भारतले पछिल्ला दिनमा सरकार परिवर्तनकै लागि खेल खेलेको भन्दै ओलीले यस्तो अभिव्यक्ति दिएका हुन्।

सरकारले भारतसँग सीमा विवादका विषयमा कूटनीतिक माध्यमबाट वार्ताको प्रयास गरे पनि भारतले कुनै प्रतिक्रिया दिएको छैन।

मलाई प्रधानमन्त्री भएर बस्न रहर छैन तर अहिले राजीनामा गरे राष्ट्रियताको पक्षमा बोल्दा प्रधानमन्त्री पछि हटेको भन्ने नजिरनै बस्न सक्छ त्यसैले पनि जनता र राष्ट्रियताको शीर उच्च राख्न म हट्दीन प्रधानमन्त्री ओलीले भने,।

प्रतिक्रिया