Pura Samachar

अनलाइन नवीकरण गर्न नपर्ने सर्वोच्चको आदेश कार्यान्वयन गर्न महासंघ उपत्यका प्रदेशको माग

प्रकाशित: July 20, 2021

अनलाइन नवीकरण गर्न नपर्ने सर्वोच्चको आदेश कार्यान्वयन गर्न महासंघ उपत्यका प्रदेशको माग

साउन ४, २०७८ काठमाडौं।अनलाइन सञ्चारमाध्यम नवीकरण गर्न नपर्ने सर्वोच्चको आदेश कार्यान्वयन गर्न माग गर्दै नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले सूचना विभागमा ज्ञापन पत्र बुझाएको छ।महासंघले अनलाइन सञ्चार माध्यमको नवीकरण वर्षैपिच्छे गर्न नपर्ने सर्वोच्चले आदेश दिए पनि कार्यान्वयन नभएको भन्दै विभागको ध्यानाकर्षण गराएको हो। महासंघले अदालतको आदेश कार्यान्वयन गर्दै तत्काल विभागबाट पाउने सेवा सुविधा र प्रावधानसहितको सूचना सार्वजनिक गर्न माग गरेको छ।

प्रतिक्रिया