Pura Samachar

सरकारले नेपाललाई अनुदान वा खरिदमार्फत थप खोप उपलब्ध गराउन खोप उत्पादक देशलाई आह्वान

प्रकाशित: July 20, 2021

सरकारले नेपाललाई अनुदान वा खरिदमार्फत थप खोप उपलब्ध गराउन खोप उत्पादक देशलाई आह्वान

काठमाडौं। सरकारले नेपाललाई अनुदान वा खरिदमार्फत थप खोप उपलब्ध गराउन खोप उत्पादक देशलाई आह्वान गरेको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले नेपाललाई खोप र अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने सबै देशलाई धन्यवाद दिँदै थप खोप उपलब्ध गराउन आह्वान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानून मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए। हालसम्म नेपालमा कोभिशिल्ड, भेरोसेल र जोन्सन एन्ड जोन्सनको खोप लगाइएको छ।

प्रतिक्रिया