Pura Samachar

जसपा संसदीय दलको विधान पारित

प्रकाशित: July 20, 2021

जसपा संसदीय दलको विधान पारित

काठमाडौं। जनता समाजवादी पार्टी(जसपा)को संसदीय दलको बैठकले संसदीय दलको विधान पारित गरेको छ। सिंहदरबारस्थित दलको कार्यालयमा बसेको बैठकले संसदीय दलको विधान सर्वसम्मतरुपमा पारित गर्दै अनुमोदनका लागि पार्टीको कार्यकारिणी समितिमा पठाउने निर्णय गरेको हो। संसदीय दलको नेता र सरकारमा पठाउने मन्त्रीहरुको नाम भने अर्को बैठकले टुंगो लगाउने सांसद मो. ईस्तियाक राईले देखापढीलाई बताए। बैठकमा जसपाका ३४मध्ये २२ सांसदको उपस्थिति रहेको थियो।

प्रतिक्रिया