Pura Samachar

पौडेलले बोलाए आफ्नो समूहको बैठक

प्रकाशित: July 20, 2021

पौडेलले बोलाए आफ्नो समूहको बैठक

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्ना पक्षका नेताहरुलाई बैठकका लागि बोलाउनुभएको छ । अनामनगरस्थित पौडेलको सम्पर्क कार्यालयमा बुधबार बस्नेगरी पौडेलले बैठक बोलाउनुभएको हो ।

बैठकमा क्रियाशील सदस्यता विवाद र आफ्नो पक्षबाट मन्त्रीमा पठाउने नामका विषयमा छलफल हुने बताइएको छ ।

पौडेलपक्षले उपप्रधानसहित आफ्नो पक्षलाई मन्त्रीमण्डलमा सहभागी गराउन माग गरेको छ। पौडेलपक्षबाट दुई जना मन्त्रिपरिषद्‍मा सहभागी हुने भएका छन्।

प्रतिक्रिया