Pura Samachar

१२ को परीक्षा साउन ३१ बाट शुरु हुने

प्रकाशित: July 20, 2021

१२ को परीक्षा साउन ३१ बाट शुरु हुने

काठमाडौं । कक्षा १२ को परीक्षा साउन ३१ गतेबाट शुरु हुने भएको छ । कोरोना भाइरस नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाका कारण रोकिएको १२ को परीक्षा साउन ३१ देखि शुरु हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षतामा आज बसेको बोर्डको बैठकले परीक्षाको मिति तय गरेको हो । परीक्षा भदौ ९ गते सकिने छ ।

परीक्षा सम्बन्धित विद्यालयबाट दिन पाउने व्यवस्था गरिएको छ ।

यसअघि जेठ २६ गतेदेखि सञ्चालन गर्ने भनिएको कक्षा १२ को परीक्षा कोरोना संक्रमण नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाका कारण स्थगित गरिएको थियो ।

प्रतिक्रिया