Pura Samachar

नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक भोलि फेरि बस्ने

प्रकाशित: July 20, 2021

नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक भोलि फेरि बस्ने

नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक भोलि फेरि बस्ने गरी सकिएको छ

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा दुई दिनदेखि जारी बैठकमा पार्टीमात्पन्न समस्या समाधानको निम्ति गठित कार्यदलका संयोजक सुवास नेम्वाङले पार्टी एकताका निम्ति गरिएका प्रयासबारे जानकारी दिएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए। बैठकले १० बुँदे  प्रस्तावलाई सिर्जनात्मक ढंगबाट कार्यान्वयन गर्ने उनले जानकारी दिए।

यस्तै बैठकमा प्रदेश कमिटी अध्यक्षले पेश गरेको रिपोर्टबारे जानकारी लिएको पनि उनले बताए।

बैठक भोलि फेरि ३ बजे बस्नेछ।

प्रतिक्रिया