Pura Samachar

प्रतिगामी तत्वहरू जनताको तागतले परास्त भए : प्रचण्ड

प्रकाशित: July 21, 2021

प्रतिगामी तत्वहरू जनताको तागतले परास्त भए : प्रचण्ड

काठमाडौं।नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रतिगामी तत्वहरू जनताको तागतका अगाडि परास्त भएको बताएका छन्।“समाजका विभिन्न समुदायको बलिदानीपूर्ण संघर्षले हासिल गरेका उपलब्धिमाथि पछिल्लो चरणमा देशीविदेशी प्रतिक्रियावादीबाट हमला,समुदायले हासिल गरेका हक अधिकारको कटौती हुने काम भए” बकर इदमा आज शुभकामना वक्तव्य जारी गर्दै प्रचण्डले भनेका छन्–“तर, त्यस्ता प्रतिगामी तत्वहरु जनताको तागत अगाडि परास्त भए।” इदलाई कटौती अघिकारको पुनर्वहालीकोरुपमा मनाउन उनको आग्रह छ।

प्रतिक्रिया