Pura Samachar

अध्यक्ष ठाकुर र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

प्रकाशित: July 21, 2021

अध्यक्ष ठाकुर र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

काठमाडौं।जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन्। बुधवार बिहान बालुवाटारमा पुगेर प्रधानमन्त्री देउवासँग ठाकुरले कुराकानी गरेका हुन्। भेटमा प्रधानमन्त्री देउवा र अध्यक्ष ठाकुरबीच जसपाले उठाउँदै आएका मागलगायत विषयमा छलफल भएको ठाकुरनिकट एक नेताले जानकारी दिए। देउवालाई संसदमा ठाकुर पक्षले पनि विश्वासको मत दिएको थियो।त्यसअघि देउवाले ठाकुर पक्षका नेताहरुसँगको छलफलमा उनीहरुका माग सम्बोधन गर्ने आश्वासन दिएका थिए।

प्रतिक्रिया