काठमाडौं: ‘कमेडी च्याम्पियन २’ का प्रतिस्पर्धी भरतमणि पौडेललाई प्रोत्साहन स्वरुप ६ लाख पुरस्कार दिने घोषणा गरिएको छ।
ताप्लेजुङ गृह जिल्ला भएका पौडेललाई ताप्लेजुङका सांसद् तथा पूर्वमन्त्री योगेश भट्टराईको अग्रसरतामा उक्त पुरस्कार दिने बताइएको छ।
आफ्नो जिल्लावासी भएर प्रोत्साहन र हौसला बढाउन ताप्लेजुङ बासीहरुले पुरस्कार दिने निर्णय गरेको भट्टराईले जानकारी दिए। छिट्टै एउटा कार्यक्रम गरेर उक्त रकम हस्तारण गरिने समेत उनले बताए।
भट्टराईले व्यक्तिगत रूपमा १ लाख रुपैयाँ दिन लागेका हुन्। साथै ताप्लेजुङ सरोकार समाजले २ लाख रुपैयाँ, ताप्लेजुङ सरोकार केन्द्रले २ लाख र रेडियो तमोरको तर्फबाट १ लाख रुपैयाँ गरी ६ लाखको पुरस्कार घोषणा गरिएको हो।
ताप्लेजुङका भरतमणि अहिले ‘कमेडी च्याम्पियन २’ को टप ६ छनोट भएका छन्।
प्रतिक्रिया