Pura Samachar

महामारीबाट प्रभावितका लागि राहतको व्यवस्था हुन्छःजनार्दन शर्मा

प्रकाशित: July 21, 2021

महामारीबाट प्रभावितका लागि राहतको व्यवस्था हुन्छःजनार्दन शर्मा

काठमाडौं। सरकारले कोभिड–१९ को महामारीबाट प्रभावित बनेको देशको अर्थतन्त्र उकास्न राहत प्याकेज ल्याउने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले आज नेपाल उद्योग परिसंघको १८औँ वार्षिकोत्सवमा बोल्दै सरकारले कोरोना खोपसँगै राहत प्याकेजको व्यवस्था गर्ने बताएका हुन्। उनले भने, ‘सरकारले सबै नेपालीलाई पुग्ने गरी खोपको व्यवस्था गर्छ। यसका साथै, महामारीबाट प्रभावितका लागि राहतको व्यवस्था हुन्छ।’

प्रतिक्रिया