
साउन ६,२०७८ दर्शन पराजुली: आज सर्लाही हरिवनका युवाहरुले राजनीतिमा युवाहरुलाइ सहभागी गराउनु पर्ने माग गर्दै र्यालि निकालेका छन । र्यालिमा सहभागि युवाहरुले युवा अघि बढ्छ देश अघि सर्छ मेरो भविस्य मेरो अधिकार आदि लेखिएका प्लेकार्ड का साथै नेपालको झन्डा बोकेका थिए। उनीहरुले सम्पुर्ण पार्टीको जिल्ला नेतृत्वलाई ज्ञापन पत्र समेत बुझाएका छन। उनीहरुको ज्ञापन पत्रमा नेपालमा २००७ सालदेखिको विभिन्न परिवर्तनमा युवाहरुलाई नेताहरुले प्रयोग गरीरहे तर नेतृत्वदायी भुमिकामा युवाहरुको सहभागिता नगराइ आफै हालिमुहालि गरिरहे र हाल देशमा येतिधेरै परिवर्तन भएर देश संघीय गणतान्त्रिक लोकतन्त्रमा आइपुग्दा पनि सबै राजनितिक दलहरुले हालसम्म युवाहरुलाई दलहरुले प्रयोग मात्रै गरिरहे न त कुनै रोजगारी सृजना गरे। बिदेसीने युवाहरूको लाइन बढ्दो छ। तसर्थ आगामी चुनावमा युवाहरुलाई सम्मानजनक सहभागिता गराउनु पर्दछ भनी यस कार्यक्रमका आयोजक मध्येका दर्शन पराजुली र रबिन्द्र दासले पुरा समाचारका संवाददातालाई बताए । उनीहरुको बिज्ञप्तिको पुर्ण पाठ तल दिइएको छ ।
राजनीतिमा युवा पहुँच” बिषय उठानमा के न्द्रित रहेर समस्या, पहल, छलफल, संकल्प र समाधानका बाटाहरुको
बारेमा रहेर युवाहरुको आवाजहरुलाई यो ज्ञापन पत्र प्रस्तुत गरेका छन[
प्रतिक्रिया