Pura Samachar

नेत्रविक्रम चन्द विप्लवले प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर कुराकानी

प्रकाशित: July 21, 2021

नेत्रविक्रम चन्द विप्लवले प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर कुराकानी

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर कुराकानी गरेका छन्।

बुधबार विप्लवसहित नेपाल कम्युनिष्ट पार्टीका नेतहरूलेलुवाटार पुगेर प्रधानमन्त्री देउवा र गृहमन्त्री बालकृष्ण खाँणसँग कुराकानी गरेका हुन्।

प्रधानमन्त्री र गृहमन्त्रीसँग विप्लवलगायत नेताले भेटवार्ता गरेको प्रधानमन्त्री देउवाको सचिवालयले जानकारी दिएको छ

प्रधानमन्त्रीलाई भेट्न विप्लवसहित नेताहरू खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र धर्मेन्द्र बाँस्तोलालगायत नेताहरू बालुवाटार पुगेका थिए।

विप्लवले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसँग आफूहरूले गरेका सहमति कार्यान्वयनमा सघाउन आग्रह गरेका छन्।

यसअघि विप्लवले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईलगायत नेतासँग भेटवार्ता गरेका थिए।

प्रतिक्रिया