Pura Samachar

नेकपा माओवादी केन्द्रले आगामी साउन २० गतेका लागि केन्द्रीय समितिको बैठक

प्रकाशित: July 22, 2021

नेकपा माओवादी केन्द्रले आगामी साउन २० गतेका लागि केन्द्रीय समितिको बैठक

काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी साउन २० गतेका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ । स्थायी समितिको बुधबार बसेको बैठकले २० गतेका लागि केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो ।

नेता नारायणकाजी श्रेष्ठले साउन १७ गते स्थायी समितिको बैठक पनि बोलाएको जानकारी दिनुभयो । माओवादीको आजको बैठकले सत्तारुढ गठबन्धनको न्यूनतम साझा कार्यक्रम छिटो तय गर्न आग्रह गरेको छ ।

ओली सरकारले यसअघि देखाएको आचरण अबको गठबन्धनको सरकारले देखाउनु नहुने कुरामा आजको बैठकले जोड दिएको नेता श्रेष्ठको भनाइ छ ।

प्रतिक्रिया