Pura Samachar

(एमाले)को केन्द्रीय कमिटी बैठक आज बस्दै

प्रकाशित: July 22, 2021

(एमाले)को केन्द्रीय कमिटी बैठक आज बस्दै

काठमाडौं।नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज ललितपुरको तुलसीलाल स्मति प्रतिष्ठानमा दिउँसो ३ बजे बस्ने भएको छ।प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ सांसदलाई कारबाही गर्न सकिने एमालेका एक केन्द्रीय सदस्यले बताए।बुधबारको बैठकले चारवटा विशेष प्रस्ताव पारित गरेको थियो।जसमा सर्वोच्च अदालतको फैसलाले पार्टी स्वतन्त्रता र दलीय प्रणालीमाथि प्रहार भएको निष्कर्ष निकालेको थियो। साउन ४ गतेदेखि एमाले केन्द्रीय कमिटी बैठक जारी छ।

प्रतिक्रिया