Pura Samachar

म्यासेन्जरमा आएको होन्डाको ‘स्पाम’ लिङ्क झुक्किएर पनि नखोल्नुहोस्

प्रकाशित: July 22, 2021

म्यासेन्जरमा आएको होन्डाको ‘स्पाम’ लिङ्क झुक्किएर पनि नखोल्नुहोस्

साउन ७, २०७८  काठमाडौं। म्यासेन्जरमा जापानी कार तथा मोटरसाइकल कम्पनी होन्डाको ‘स्पाम’ लिङ्क आएको छ भने नखोल्नुहोस्। यो झुक्याएर व्यक्तिसँग सूचना संकलन गर्न जारी गरिएको ‘स्पाम’ म्यासेज हो। लिंकमा स्कुटर डेलिभर गरिने प्रलोभन देखाएर यो म्यासेजहरु दूरगामी प्रयोजनका लागि पठाइएका हुन्छन्। होन्डाको ७० औं वार्षिकोत्सवको शुभकामनासहितको म्यासेज भनिएको छ। तर २०१८ सेप्टेम्बर २४ मै होन्डा स्थापनाको ७० वर्ष पूरा भैसकेको छ।

प्रतिक्रिया