Pura Samachar
  • काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै

    प्रकाशित: २ दिन पहिले

    काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै

    काठमाडौं । केही दिनयता काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकलेऔँल्याएको छ ।

    एक साताअघिसम्म दैनिक ४ देखि ४ सय ५० को हाराहारीमा संक्रमित संख्या रहेकोमा केही दिनदेखियता बढ्दै गएर दैनिक ७ सयको हाराहारीमा संक्रमित भइरहेका छन् । बुधवार उपत्यकामा चौबिस घण्टाभित्रमा परीक्षण भएका नमुनामध्येमा ६ सय ९७ जनामा कोरोना पुष्टि भएको छ ।

    निषेधाज्ञा खुकु्लो भएसँगै भएको लापरबाहीको कारण संंक्रमण दर बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले बताउनुभयो । साउनदेखि यता संक्रमित संख्या दैनिक रूपमा वृद्धि हुँदै गएको प्रवक्ता अधिकारीको भनाइ छ ।

    बुधबार दैनिक प्रेस ब्रिफिङका क्रममा उहाँले अहिले संक्रमण पुष्टि भएकाभन्दा बढी समुदायमा हुनसक्ने बताउनुभयो । लक्षण नभएका, परीक्षण गर्न नगएकासहित अहिले देखिएको तथ्यांकभन्दा बढी समुदायमा हुन सक्ने उहाँको आंकलन छ ।

    लक्षणविहीनबाटै यो संक्रमण थप फैलिने जोखिम भएकोले शंकास्पद व्यक्ति परीक्षणको लागि जान उहाँको सुझाव छ । मन्त्रालयका अनुसार दैनिक परीक्षण गर्न जानेमध्येमा संक्रमित हुने दर करिब २५ प्रतिशतको हाराहारीमा रहेकोले यो संक्रमणमदर ठूलो संख्या रहेको अधिकारीले बताउनुभयो ।

    प्रतिक्रिया