
काठमाडौं । स्वास्थ्य मन्त्रालयले स्वास्थ्य संस्थाहरुलाई कोरोना भाइरसको तेस्रो लहरका लागि तयारी रहन आग्रह गरेको छ । चुनौतीपूर्ण तेस्रो लहर आउन सक्ने भन्दै मन्त्रालयले स्वास्थ्य संस्थाहरुलाई अक्सिजन, शैय्यालगायतका सेवा चुस्तदुरुस्त राख्न आग्रह गर्नुभएको हो ।
मन्त्रालयले निषेधाज्ञा खुकुलो भएपछि एक सातामा कोरोना संक्रमण दर फेरि बढेको जनाएको छ । निषेधाज्ञा खुकुलो भएपछि लुकीछिपी वा खुल्लमखुल्ला जनस्वास्थ्यको मापदण्ड उल्लंघन भइरहेको भन्दै संक्रमण घट्नुपर्नेमा घट्न नसकेको उल्लेख गरेको छ ।
मन्त्रालयले अहिले पनि १० जिल्लामा ५०० भन्दा बढी र २६ जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित रहेको जनाउँदै आफ्नो पालोमा खोप लगाउन सबै नागरिकमा आग्रह पनि गरेको छ ।
प्रतिक्रिया