Pura Samachar

सी चिनफिङले गरे तिब्बतको भ्रमण

प्रकाशित: July 23, 2021

सी चिनफिङले गरे तिब्बतको भ्रमण

  बीबीसी।चिनियाँ राष्ट्रपति सी चिनफिङले तिब्बतको भ्रमण गरेका छन्।राष्ट्रपतिको रुपमा सीको यो पहिलो तिब्बत भ्रमण भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।उनको तिब्बत भ्रमणलाई गोप्य राखिएको थियो। सी बुधबार दक्षिण–पश्चिम तिब्बतको न्यीङ्गशी सहर पुगेका थिए जहाँ उनलाई स्थानीयले स्वागत गरेका थिए। सिन्ह्वाका अनुसार सीले न्याङ्ग नदीमा बनेको पुलको अवलोकन समेत गरेका थिए। बिहीबार उनले न्यीङ्गशीदेखि ल्हासासम्म रेलको यात्रा गरेका थिए।

प्रतिक्रिया