Pura Samachar

कांग्रेस पदाधिकारी बैठक स्थगित

प्रकाशित: July 23, 2021

कांग्रेस पदाधिकारी बैठक  स्थगित

काठमाडौं : नेपाली काँग्रेस केन्द्रीय पदाधिकारीको आजको बैठक स्थगित भएको छ। भोलि बिहान ९ बजे बुढानिलकण्ठमा बस्ने गरी बैठक स्थगित भएको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

आज बिहान ९ बजे पार्टीको आसन्न महाधिवशेनबारे छलफल गर्न प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बैठक बसेको थियो।

कांग्रेसको १४ औं महाधिवेशन आगामी भदौ १६ बाट काठमाडौंमा हुने तय भएको छ। यद्यपि यसका लागि काँग्रेसले कुनै तयारी गरेको छैन। कांग्रेस क्रियाशील छानबिन समितीले क्रियाशील सदस्यताको टुंगो लगाउन सकेको छैन।

आजको बैठकमा छानबिन समितिका संयोजक रमेश लेखकले प्रतिवेदन प्रस्तुत गरेको प्रवक्ता शर्माले जानकारी दिए। ‘क्रियाशील छानबिन समितिको प्रतिवेदन प्रस्तुत गर्नुभयो। १० गतेसम्म हामी बुझाउन सक्दछौ भनेर भन्नुभयो,’ शर्माले भने।

प्रतिक्रिया