Pura Samachar

राजीनामा फिर्ता लिए : भीम रावल

प्रकाशित: July 23, 2021

राजीनामा फिर्ता लिए : भीम रावल

२०७८ श्रावण ०८  एमाले नेता भीम रावलले प्रतिनिधिसभा सदस्य पदबाट दिएको राजीनामा फिर्ता लिएका छन् । शुक्रबार सिंहदरबारस्थित संसद सचिवालयमा सभामुख अग्नि सापकोटालाई भेटेर उनले राजीनामा फिर्ता लिएका हुन् ।
आफ्नो निर्वाचन क्षेत्रका मतदाता, आमजनता र पार्टी सदस्यहरुको आग्रहअनुसार आफूले राजीनामा फिर्ता लिएको रावलले बताएका छन् । निर्णय फिर्ता लिनु परेकोमा सभामुखलाई ‘सरी’ भन्दै  उनले राजीनामा फिर्ता लिएको जानकारी गराएका थिए ।

प्रतिक्रिया