
साउन ८, २०७८ काठमाडौं। पछिल्लो चौबिस घण्टामा देशभर थप २ हजार ९७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ। योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ७ लाख ३० हजार १४६ पुगेको छ। बितेको चौबिस घण्टामा देशभर १७ हजार ३०८ जनाको जनाको कोरोना परीक्षण गरिएको थियो। परिक्षण गरिएकामध्ये १७.२० प्रतिशतमा कोरोना संक्रमण पुष्टी भएको छ।यस्तै बितेको २४ घण्टामा थप १८ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ९ हजार ६७९ पुगेको छ ।
प्रतिक्रिया